२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

नेपालमा पनि मनाइयो क्रिसमस डै



‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ । इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन नेपालका इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि मनाए ।

क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर उनीहरुले मनाएका हुन् । यसका लागि राजधानी काठमाडौंका विभिन्न सपिङ मलहरु सजाइएको थियो भने बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका थिए ।

क्रिसमस डे अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने गर्दछ । बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् । जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ४६ बजे