६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

दश करोड ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ



वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ललितपुरको केन्जोसोम गाउँपालिका वडा नं. १ का ४७ वर्षीय लामाले विभिन्न मुलुक पठाउने भनेर ठगी गरेको हो ।

उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुरमा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी बेरोजगार युवाबाट पाँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गरेका थिए ।

उनले वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाट नेपाल फर्काएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरिएको र थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५७ बजे