६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एमालेले राष्ट्रिय सभाका सबै रिक्त पदमा उम्मेदवारी दिने



प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभामा आफ्नो पार्टीलाई सुन्य नबनाउन अनुनय गरेको भन्ने खबर बाहिरिएको बेला एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सबै १९ सिटमै उम्मेदवारी निर्णय गरेको छ ।

शुक्रबार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी पुस २३ गते राष्ट्रियसभाका १९ वटा सिटमै मनोयन गर्ने गरी निर्णय लिएको महासचिव शंकर पोखरेलले बताए ।

‘सातै प्रदेशबाट प्रत्येक क्लस्टरबाट तीनजनाको नाम सिफारिस गर्न भनेका थियौँ । क्लस्टरवाइज नामबारे आजको बैठकमा छलफल गरेका छौँ’, उनले भने, ‘आजको बैठकमा प्रारम्भिक छलफल गरेका छौँ । क्लस्टरमा पर्ने नपर्ने भन्ने कुराबारे टुंगो गरेर १९ ठाउँमै उम्मेदवार टुंगो गर्छौँ ।’

आगामी फागुनमा एमालेबाट निर्वाचित ८ जना राष्ट्रिय सभा सदस्य रिक्त हुँदैछन् । जसमध्ये एमालेले सत्ता गठबन्धनसँग ६ सिट दिन माग गरेको बताइएको छ । संक्रमणकाली न्यायसम्बन्धी कानुन राष्ट्रिय सहमतिसहित अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको माग पूरा गर्ने गरी छलफल चलाएका थिए ।

कांग्रेससमेत सकारात्मक भएको अवस्थामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रचण्डले एमालेलाई पनि समेट्ने गरी चलाएको छलफलमा असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : २३ बजे