६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

बोइङमा १७१ विमानको उडान रोक्का, प्राविधिक जाँच हुँदै



उड्दै गरेको बोइङको विमानको एक टुक्रा भाँचिएर उछिटिए पछि अमेरिकाको संघीय उड्डयन प्रशासनले १७१ वटा बोइङ विमानको उडान रोकेको छ । उसले प्राविधिक जाँचले ठिक देखाएपछि मात्र उडान सुचारु हुने जनाएको छ ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार आलस्का एयरको ‘बोइङ्ग ७३७ म्याक्स ९’ का १७१ विमान प्रभावित हुनेछन् ।

युनाइटेड एयरलाइन्सले आफ्ना ७९ वटा ‘बोइङ्ग ७३७ म्यास ९’ विमानमध्ये केहीको एफएएले प्राविधिक जाँच गरेको जनाएको छ । प्राविधिक जाँच गर्नुपर्दा ६० वटा उडान रद्द हुने सम्भावना छ । किनभने एउटा हवाई जहाज जाँच गर्दा चारदेखि आठ घण्टासम्म समय लाग्ने बताइएको छ ।

गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो -क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको हवाई जहाजको एक हिस्सा हावाको दबावमा फुटेर जहाजबाट अलग भएको थियो । त्यसपछि हवाई जहाजलाई आकस्मिक अवतरण गराउनु परेको थियो ।

उक्त हवाई जहाजमा १७१ यात्री र चालक दलका ६ सदस्यहरु थिए । उनीहरु सबै सकुशल छन् ।

यो घटनालगत्तै अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ वटा बोइङ विमानका उडान बन्द गरेको थियो । उसले प्राविधिक जाँच गराउने र फेरि उडान अनुमति नपाएसम्म सेवा बन्द गर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : २९ बजे