पूर्व-पश्चिम राजमार्गको दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट यात्रुबाहक बस नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजेसम्ममा ५ जनाको मृत्यु र २५ जना घाइतेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवरणहरु संकलन भएरहेको हुँदा मृतकको सनाखत हुन बाँकी रहेको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको हो । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको बताइएको छ ।