११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

नेपालका आठ हस्याकलाकारले जनवरी १९ मा न्यूयोर्कमा हसाउने



नेपालका चर्चित आठ हास्यकलाकारले यही जनवरी १९ मा न्यूयोर्कमा हसाउने भएका छन् ।

“अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न शहरमा दर्शकलाई हसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा रहेको छ । त्यही टोलीको सहभागितामा न्यूयोर्कमा हुने “अब हाँस्छ न्यूयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भएपनि हास्य मनोरञ्जनको माध्यमबाट मन मस्तिस्कलाई शान्त बनाएर मज्जाले हास्नको लागि यस कार्यक्रमले मद्दत गर्ने आयोजकले भनाई रहेको छ ।

उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनिता तामाङ र मनिता गुरुङले बताएका छन् । बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणि पौडेल, सुमन कोइरालाको प्रस्तुती रहनेछ ।

जनरल टिकटको मूल्य ७० डलर र भीआईपीको १०० डलर रहेको छ । भीआईपी १०० डलरको टिकटमा “मिट एण्ड ग्रिट” र एउटा निशुल्क पेयपदार्थ समावेश रहेको पनि आयोजकले जनाएको छ । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न आग्रह गरिएको छ भने नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ ।
अनलाइनबाट टिकट लिनका लागि यहाँ क्लीक गर्नुहोस्:
https://www.eventbrite.com/e/aba-haaschha-new-york-tickets-784746226087

एक महिना बढी चल्ने “अब हाँस्छ अमेरिका” यात्रा न्यूयोर्क लगायत अमेरिकाको १९ विभिन्न राज्यहरुमा कार्यक्रम हुने बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ०८ बजे