६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

न्यायाधीशकै श्रीमतीद्वारा सर्वोच्चअगाडि आत्मदाह प्रयास



एकजना न्यायाधीशकी श्रीमतीले सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी श्रीमती ३९ वर्षीया आरती रावल गिरीले आत्मदाह कोसिस गरेकी हुन् ।

श्रीमान् गिरीलाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रिहा गरेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन् । श्रीमान गिरीलाई थुनामा राखी कानुनी कारबाही माग गर्दै उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेकी थिइन् ।

उनलाई सर्वोच्च परिसरमा तैनाथ प्रहरीले तत्कालै नियन्त्रणमा लिई उपचारको लागि वीर अस्पताल लगिएको जनाएको छ । उनले यसअघि देखि नै न्यायाधीशसमेत रहेका श्रीमान् गिरीले बलात्कार गरेको तथा घरेलु हिंसा गरेको भन्दै न्यायमाग गर्दै आएकी छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ५४ बजे