२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

यस्तो छ विदेश घुम्न जाने नेपालीका लागि १३ बुँदे ‘यात्रा परामर्श’



सरकारले घुम्नका लागि विदेश जानेहरूका लागि १३ बुँदे ‘ट्राभल एड्भाइस’ जारी गरेको छ ।

अध्यागमन विभागले मंगलबार जारी गरेको यात्रा परामर्श (ट्राभल एड्भाइस) मा भ्रमण र पर्यटकीय भिसामा जानेहरूले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ । यद्यपी ‘भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको’ उल्लख गरेको छ ।

अध्यागमन विभागले घुम्ने र परिवार भेट्न जाने यात्रुहरूले सेटिङको नाममा विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्न पनि भनेको छ । ‘भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ’, विभागले भनेको छ, ‘भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नुहुन अनुरोध छ।’

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : २१ बजे