७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बलात्कार मुद्दामा फरार कतारमा पक्राउ, विदेश हुँदैमा उन्मुक्ती पाइन्न



विदेश बसेकाले बेला बेला जानेर वा नजानेर कानुनी दायर उल्लंघन हुने काम गरिरहेको हेखिन्छ । आफु विदेशमा छु भनेर वा विदेश भाग्न सकिन्छ भनेर कानुन नाघ्ने काम गर्न नहुने एउटा उदाहरण नेपाल प्रहरीले दिएको छ ।

हालै मात्र बलात्कारको मुद्दामा फरार अभियुक्तलाई कतारबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ छन् । एक महिलामाथि बलात्कार गरेकोआरोप उनीमाथि छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार काठमाडौं ल्याइएको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ५४ बजे