१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

राष्ट्रियसभा सदस्यमा कोशीबाट कृष्ण सिटौला विजयी



नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण सिटौला कोशीमा राष्ट्रिय सदस्यमा विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला विजयी भएका हुन् ।

पछिल्ला दुई निर्वाचनहरु २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रियसभाको बाटो रोजेका हुन् । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरे ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीहरणको भूमिकासमेत निर्वाह गरेका सिटौलाले संविधानसभामा संविधान मस्यौदा समितिको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ०४ बजे