१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

सहकारी ठगीमा रवि लामिछानेको नाम जोडिएपछि जाहेरी लिन प्रहरीको आनाकानी



पोखराको सूर्यदर्शन सहकारीमा ठगीमा परेका पीिडतहरुले प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको बताएका छन् ।

लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताएका छन् ।

सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ रहेपनि लामिछानेले भने आफु सहकारीमा आवद्ध नभएकाले ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन् ।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र पैसा लैजाने बेला टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडितहरुकाे माग रहेको छ ।

उनीहरुले अदालतमा दर्ता भइसकेको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन नै अपुरो भएको बताउँदै पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन र कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन दुवै अपुरो भएको दमवी गरेका छन् । उनीहरुका अनुसार सहकारीबाट डेढ अर्ब रुपैयाँ अपचलन हुँदा व्यक्ति र कम्पनी गरी ४ सय जनाले पैसा लगेको देखिएकाले उनीहरू सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका छन् ।

रबि लामिछानेसमेत मुछिएको जाहेरी नमिलेको भन्दै फर्काइदिएपछि अर्को जाहेरी लेखेर मुद्दाफाँटमा पुग्दा पनि फेरी नमिलेको भनेर फर्काएको बताइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : १० बजे