१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग जाँचबुझ आयोगले लियो बयान



सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। उनको छोरा राहुल महरा सुन तस्करीकै अभियोगमा तुनामा छन् ।

सिंहदरबारस्थित कार्यालयमा आयोगले बिहीबार महरासँग बयान लिएको हो । भेपमा भएको सुन तस्करीमा महरासँग पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि कागज गराएको थियो । यी सबै सुन प्रकरणमा अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले बिहीबार दिउँसो महरालाई पनि बोलाएर बयान कागज गराएको बताइएको छ ।

आयोगले विद ल्याबका सञ्चालक भिमकान्त भण्डारीसँग पनि बयान लिएको छ । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी रुगम कुंवरसँग पनि बिहीबार नै आयोगले परामर्श गरेको बताइएको छ ।

आयोगले भेपमा भएको सुन तस्करी, ६१ किलो सुन तस्करी लगायतका प्रकरणमा अनुसन्धान गरिरहेको छ । यसमा जोडिएका व्यक्तिसँग अनुसन्धान गरिरहेको आयोगकले अनुसन्धानमा संलग्न अधिकारीहरुसँग पनि परामर्श गरिरहेको छ। अनुसन्धानमा भएका कमजोरीबारे पनि आयोगले सम्बन्धित अधिकारीहरुसँग सोधपुछ गरिरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : २४ बजे