न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औ अधिवेशनले नृत्यंगना/गायिका तथा मोडल बसन्ती राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
हालै न्यूयोर्कको क्विन्सस्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल बसन्ती राईको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पदमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाली अमेरिकन कलाकार संघको ५ औ अधिवेशन कार्यक्रमको उद्घाटन चर्चित आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशक/ नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गितकार तथा लोक दोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्कीसहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।
साथै यस पटक पनि दोहोरिएर लोक तथा दोहोरी गायिका संगिता थापा मगरले नै महासचिब पदमा जिम्मेवारी सम्हालेकी छन भने सह–सचिबमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवा संयोजकमा गायक दिलिप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ ।






कार्यक्रमको समापन निर्बाचन प्रमुख आयुक्त गिरिजा प्र. कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गीता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझ्बुझारथ गरेका थिए भने पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्के सहित चर्चित कलाकार, गायककार, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथीहरूको सहभागिता रहेको थियो ।