देशभरका लघुबित्त पीडितहरू हाप्तौंको पैदल यात्रा गरी काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं आइपुगेका हुन् ।
उनीहरुले भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएको बताएका छन् । गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए ।
१७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।
मंगलबार उनीहरुले बालाजुदेखि कलंकीसम्मको रिंगरोड क्षेत्रमा प्रदर्शन गरेका थिए ।