४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अवैध रूपमा अमेरिका पुगेका ८ नेपाली डिपोर्ट



तल्लो बाटो भनेर चिनिने अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली डिपोर्ट गरिएको छ ।

तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो ।

नेपालीहरूमा अबैध बाटोबाट अमेरिका बढ्दै गएको छ । यसअघि यसरी अमेरिका छिरेकाहरुलाई फर्काइएको थियो ।

भारत, अफ्रिकी मुलुक, दक्षिण अमेरिकी मुलुक हुँदै म्याक्सिको पुगेर अमेरिका छिर्नका लागि करि ६० लाख रुपैयाँ र ६ महिना समय लाग्ने बताइन्छ । अमेरिका पुगेपछि सिमा सुरक्षा बलको नियन्त्रणमा पुग्नेहरुले मुद्दा लड्ने सौलियत पाउँछ । मुद्दा लड्दा सफल नभएपछि उनीहरुलाई डिपोर्ट गरिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : १३ बजे