राजा ल्याउन कस्सिएर लागेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ चैतमा काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।
बुधबार राप्रपाले राजधानीमा प्रशिक्षण दिंदै उक्त कुरा बताएको हो । प्रशिक्षण अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले दिएका थिए । त्यसैमामसंघर्षको कार्यक्रमको खाकाबारे जानकारी गराएका हुन् ।
राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने भएके छ ।
त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालडलाई राजसंस्था र हिन्दु अधिराज्यको पुनस्थापना ४० बुंदे माग बुझाएको थियो ।
१६ फाल्गुन २०८०, बुधबार
2
Shares