१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

चार दलबीच आठबुँदे सहमति, राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई



नयाँ सत्तागठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । सहमति अनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् भने राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई भाग लगाइएको छ ।

सोमबार साँझ भएको सहमतिमा नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति उपेन्द् यादव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । चारै दलको सहभागितामा नयाँ सरकार गठन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने उल्लेख गरिएको छ ।

दलहरूले मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने उल्लेख गरिएको छ ।

यसैगरी संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने, संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण गर्ने तथा सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तय गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ०५ बजे