५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

९२ वर्षे रुपर्ट मर्डोक पाँचौं पटक बेहुला बन्दै



प्रेम उमेरमा भर पर्दैन भन्ने कुरा मिडिया मुगल रुपर्ट मर्डोकले यो प्रमाणित गरेका छन् ।

रुपर्ट मर्डोक ९२ वर्षको उमेरमा विवाह गर्न लागेका छन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार उनी ६७ वर्षकी आफ्नी प्रेमिका एलेना झुकोवासँग जूनमा विवाह गर्ने योजनामा ​​छन् । मर्डोक पाँचौं पटक बेहुला बन्न लागेका हुन् । एलेना एक सेवानिवृत्त वैज्ञानिक हुन्, गत अप्रिलमा मर्डोक र एलेना बीचको सम्बन्धका बारे खबर सार्वजनिक भएको थियो ।

मर्डोकका प्रतिनिधिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएको समाचार अनुसार विवाह क्यालिफोर्नियाको मोरागा दाखबारीमा हुने छ । यस सम्बन्धमा निमन्त्रणा पनि पठाइसकेको छ । मर्डोकले एलेनालाई आफ्नै तेस्रो पत्नी वेन्डी देङले आयोजना गरेको ठूलो पारिवारिक जमघटमा भेटेका थिए । १४ वर्षको बैबाहिक जीवन पछि सन् २०१३ मा उनले तेस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

मर्डोकको कम्पनी न्यूज कर्पसँग वाल स्ट्रीट जर्नल, फक्स न्यूज र स्काई न्यूज अष्ट्रेलिया, साथै पुस्तक प्रकाशक हार्परकोलिन्स सहित सयौं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय डिजिटल समाचार आउटलेटहरू छन् । ब्लूमबर्गको रिपोर्ट अनुसार उनको सम्पत्ति ८ अर्ब ९६ करोड डलर रहेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार मर्डोकको नयाँ मंगेतरले पहिले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसमा आणविक मधुमेह विशेषज्ञको रूपमा काम गरिकी थिइन् । उनी रुसी मूलकी अमेरिकन हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ०९ बजे