आदिवासी जनजाती महिला महासंघ अमेरिका (फवना) को अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नेसहितका कार्यक्रम सम्पन्न गरेको द्ध ।
कार्यक्रम मार्च ९ का दिन न्यूयोर्कस्थित फिवनाको आफ्नै कार्यालयमा गरिएको थियो । कार्यक्रममा फिवनालाई बिभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तित्लहरूलाई सम्मान गरिएको थियो भने बिभिन्न जानकारीमूलक प्रस्तुतीहरु पनि गरिएको थियो ।
उक्त अवसरमा युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) की पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार मुना राई गुरुङलाई बिगत लामो समयदेखि सामाजिक कार्यमा संलग्न भएर फिवनालाई बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा सम्मान गरिएको हो । साथै सामाजिक रूपमा बिभिन्न भूमिका खेल्दै आएका र फिवनालाई बिभिन्न क्षेत्रमा सहयोग पुर्याएको योगदानलाई कदर गर्दै हेल्लो अमेरिकाका सम्राट कार्कीलाई पनि सम्मान गरिएको थियो ।
सोहीक्रममा बिभिन्न ब्यक्तित्वहरुको मन्तव्य सँगै बिशेष जानकारीमूलक सामग्रीहरूको प्रस्तुती पनि रहेको थियो । प्रस्तोताहरूमा फिवनाका अध्यक्ष ईन्दिरा चोङबाङले महिला अधिकार सम्बन्धी कार्यपत्रमा बिषयमा बिभिन्न महिलाहरूको स्थिति र महिला सशक्त हुनका लागि के कस्ता प्रयासहरू गर्नुपर्छ भन्ने बिषयमा प्रस्तुती दिएकी थिइन् । त्यस्तै बित्तीय तथा सामाजिक सुरक्षा ब्यवस्थापन सम्बन्धी फिवनाका सल्लाहकार संगिनी राना मगरको प्रस्तुती थियो । प्रस्तुतिकै क्रममा आयकर सम्बन्धी जानकारी निलिमा शाक्यको दिएकी थिइन् । रुमी क्षेत्रीले स्वास्थ्य बिमा सम्बन्धी बिभिन्न सूचनाहरू दिएकी थिइनु ।
महिला शसक्तिकरणको साथै आर्थिक अवस्था सुदृढकरण बिकासमा बिशेष जोड दिदै अधिकारका कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले आफ्नो मन्तब्य राखिन् । मन्तब्यकै क्रममा विश्वभरका प्रतिनिधिहरुको उपस्थितिमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको भवनमा आयोजना हुने कमिशन अन द स्टाट अफ विमेन को ६८ औं संस्करणमा सहभागी अनेरास्वबियुकी अध्यक्ष आरती लामाले महिलाहरु सशक्त हुनकोलागि आर्थिक र सामाजिक बिकासमा जोड दिनु पर्ने कुरा ब्यक्त गरिन् ।
सोहि अवसरमा आदिवासी जनजाती महासंघ, अमेरिका (फिपना) का अध्यक्ष तोरण गुरुङले महिला दिवसको ईतिहासलाई कोट्याउदै यो अवसरले बिश्वका महिलाहरू अहिलेको यो अवस्थामा आईपुग्दाको अवस्थाको प्रसंसा गर्दै महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।
कार्यक्रमको संचालन फिवनाकी महासचिव ईन्दु गुरुङ लामिछाने र सदस्य शान्ति जिरेलले संयुक्तरुपमा गरेका थिए भने सभाको सभापतित्व अध्यक्ष ईन्दिरा चोङबाङले गरेकी थिइन् । कार्यक्रममा सम्पूर्ण उपस्थितलाई संस्थाकी उपाध्यक्ष मैना सिंह बज्राचार्यले गरेकी थिइन् ।
उक्त अवसरमा ८६ वर्षीयासहित बृद्ब आमाहरुको पनि बिशेष सहभागिता थियो । त्यस्तै न्यूयोर्कमा रहेको बिभिन्न संघसंस्थाहरूको पनि उपस्थित रहेको थियो ।
सोही अवसरमा फिवनाका आजीवन सदस्य लिनेहरूलाई पनि प्रमाणपत्र र खादाबाट सम्मान गरिएको थियो । सदस्यताको प्रमाणपत्र लिनेहरूमा अतिकला लामा, शुभद्रा लिम्बु, कृष्ण लामा, सिप्रा चौधरी, किशोरी चौधरी, दिलमाया लिम्बु, शान्ती गुरुङ, ईन्दिरा राई, निलिमा शाक्य र बिष्णु तामाङ रहेका थिए ।
कार्यक्रमको अन्त्यमा न्युयोर्क सिटी मेयर कार्यालयकी दक्षिण एशियाली मामिला सल्लाहकार प्रमुख पाट्रिसिया रघुनन्दले महिलाहरू यसरी नै अघि बढ्नुपर्नेमा जोड दिॅदै आफ्नो मन्तब्य राखिन् । माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधारले संस्थाले न्युयोर्क सिटी र नेपाली संघसस्थाहरुको सहयोगार्थ पुलको काम गर्दै आएको जानकारी दिइन् ।
उपस्थित सम्पूर्णलाई धन्यबाद दिंदै सभापतित्व गरिरहेकी संस्थाकी अध्यक्ष चोङबाङले कार्यक्रमको समापन गरेकी थिइन् ।