६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

आगलागीमा भोजपुरको एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु



भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी रहेको प्रहरीले जनाएको छ ।

आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : ३५ बजे