१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

न्युयोर्कमा १ सय १४ नारी दिवस


Ang

४ चैत्र २०८०, आइतबार  

20
Shares


१ सय १४औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेशन ( जिपीके फाउन्डेशन) अमेरीकाको स्थापनाको चौथो वाषिर्कोत्सव न्युयोर्कमा मनायो । न्युयोर्कको क्विन्सस्थित स्थानीय गुल्सन टेरेसमा आयोजित कार्यक्रममा न्युयोर्कका एसेम्ब्लीमेन स्टेभेन रागा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा रागाले पानसमा बत्तीबाली उद्घघाटन गरिएको थियो । कार्यक्रमममा समाजमा उत्कृष्ठ योगदान गर्न नारीहरूलाई सम्मानपत्र प्रदान गरी बधाई दिएका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न २० राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको उपस्थिति थिए । उक्त अवसरमा नेपाली पंचकन्या, नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाा सााकृतिक कार्यक्रम, भारतीय पंजाबी नृत्य, बांग्लादेशी नृत्य, थाईल्याण्को मौलिक नृत्य, अजरबैजानी र फिलीपिनो कलात्मक नृत्य विशेष आकर्षणका केन्ऽ बनेका थिए ।

कार्यक्रममा अतिथि न्युयोर्कका सिनेटर माननीय जोन लिउले नेपाल र नेपाली समुदायको उच्च सम्मान गर्दै जिपी कोईराला फाउन्डेशनले गरेको सामाजिक कामको आफुहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझै शसक्त ढंगले समाजसेवा गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिदै नारी दिवसको महत्व एवं फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गरेका थिए । कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै अमेरिकी सिनेटका डेमोक्रेटिक दलता नेता चक सुमरले फाउन्डेशन परीवारको सामाजीक कार्यको उच्च मुल्यांकन गर्दै विशेष सम्मानपत्र सुमरको सचिवालय मार्फत हस्तान्तरण गरीएको थियो । यसैगरी न्युयोर्क राज्य गभर्नर क्याथी होचुल, न्युयोर्क राज्य कम्पट्रोलर थोमस डी नापोली, न्युयोर्क मेयर कार्यालय, न्युयोर्क शहर सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, न्युयोर्क शहर कम्पट्रोलर ब्राड ल्यान्डर, कांग्रेसमेम्बर ग्रेस मेगं, न्युयोर्क राज्य ऐसेम्ब्ली मेम्बरहरु क्रमशः स्टीभन रागा, केटालीना क्रुज, जेसिका गोन्जालेज रोहास लगायत विभिन्न निर्वाचित अधिकारीहरूले महिला दिवसको शुभकामनासंगै फाउन्डेशनको सामाजीक कार्यको उच्च मुल्यांकन गर्दै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौं महानुभावहरूलाई सम्मानपत्र गरेका थिए ।

कार्यक्रमको संचालन एवं उद्घोषण पुजा कुवर र सोफिया मोक्तानले संयुक्त रूपमा गरेका थिए भने फाउन्डेशनका तर्फवाट महासचिव छिरींग राप्के लामाले उपस्थित प्रमुख अतिथि लगायत सबै महानुभावहरूमा स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । फाउण्डेसनको अध्यक्ष सोमनाथ घिमीरले कार्यक्रम सफल बनाउनमा खटिदै आएका उपाध्यक्ष सुवर्ण लामा, महासचिव लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा, धु्रव कुवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, भावना सिंमखडा र रेखा श्रेष्ठलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनीधीहरु बर्मा पोईन्टका संस्थापक अध्यक्ष को मो चेन, शेर्पा किदुग अमेरिकाका महासचिब सांग दोर्जे शेर्पा, गुरुंग ( तमु) सोसाईटी अमेरिकाका अध्यक्ष ओम गुरुंग, महिला अधिकार नेतृद्वय नेभिदीत्ता चन्द्रपा, बिनीता तामांग, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुगं, ईन्डीयन अमेरिकन समाजका नेतात्रय जपनित सिंह, डाक्टर पल्लभी पटेल र डाक्टर मिरियम सिंह, क्यारिबियन अमेरिकन नेत्रीद्वय भेरोनिका स्पेन्सर र सेरी विलियम्स, फिलीपिनो अमेरिकन नेत्रीद्वय लारा ग्रेगोरी र सिसिली लाय, चाईनिज अमेरिकन नेत्रीद्वय टिना युआन, एन्जी याओ, अजरबैजीनी अमेरिकन नेत्री मेहरीबान नसीब हाकीमोबा, मिस ईमीग्रेन्ट युएसकी अध्यक्ष मग्दालिना कुलिज, साउथ अफि्रकन अमेरिकन नेत्री गुगु मखारी, भेटनामीज अमेरिकन नेत्री लाना टु, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राई, युनाईटेड किरात राई ओर्गनाईजेसनका उपाध्यक्ष केशव राम राई, बंग्लादेसी अमेरिकन नेत्रीद्वय शेख सादिया अफि्रन, मनिका रोय चौधोरी, बंगाली क्लव यु एस ए का अध्यक्ष दिनेश मजुमदार, माईनोराटी ऐम्पावरमेन्टकी कार्यकारी निर्देशक श्रेया तुलाधर, हिस्पानिक नोटिसीयास न्युयोर्कका अध्यक्ष माउरो क्विनटाट्स, मिस नेपाल नोर्थ अमेरिका २०२३की विजेता जुबिली शेर्पा, लंग आईलेण्ड नेपाली समाजका अध्यक्ष राजन गौली, मकाई हाउस मिडिया/टिभीका संस्थापक अध्यक्ष बिक्की पुलामी, गोबिन्द डान्स सेन्टरका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार गोबिन्द राई, लोकपि्रय हास्यकलाकार एंव जादुगर महादेव त्रिपाठी लगायतले महिला दिवसको र फाउण्डेसनको बाषिकोत्सवको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : २३ बजे