६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पाँच नेपालीसहित आठ विदेशी युद्धबन्दी युक्रेनद्वारा सार्वजनिक



रसियाको पक्षबाट लडेका ५ जना नेपालीसहित ८ युद्धबन्दीलाई युक्रेनी सेनाले सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक छन् ।

युक्रेनी सेनाले सार्वजनिक गरेका रुसी सेनाबाट बन्दी बनाइएका नेपालीहरुमा रोल्पाका प्रतीक पुन, राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने रहेका छन् ।

प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो । युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन् ।

लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक छन् ।

उनीहरूलाई सार्वजनिक गर्दै रसियासँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित देशलाई पनि अपील गरेको छ । तेस्रो देशका नागरिक यो युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सेनाले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : २५ बजे