६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रुस सेनामा मारिनेको नेपालीको संख्या ३३ पुग्यो



रुसी सेनामा भर्ती भएर युक्रेन बिरुद्ध युद्ध लड्दा मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको छ । गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको खबरसंगै यो संख्या ३३ पुगेको ह । यद्यपी परराष्ट्र मन्त्रालयले औपारिक रुपमा जानकारी भने दिएको छैन ।

परराष्ट्र स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको बिस्तृत विवरण भने आइसकेको छैन । यसअघि नै परराष्ट्रले १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ०३ बजे