१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

प्रबासी नेपाली मंच, अमेरिकाको आयोजनामा मन्त्री भगवती चौधरीसहितसँग न्यूयोर्कमा अन्तर्क्रिया



प्रबासी नेपाली मंच, अमेरिकाको पहल र न्यूयोर्क राज्य कमिटीको सक्रियतामा नेपाल सरकारका महिला, बालबालीका एवं जेष्ठ नागरीक मंन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा न्यूयोर्कमा रहेका ५३ संस्थाहरूको १०३ जना सदस्यहरूको सहभागीतामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित सीएसडब्लु ६८ औ महासभामा नेपाल सरकारको नेतृत्व गर्दै न्यूयोर्क आएकी नेकपा एमालेका केन्द्रीय सदस्य तथा महिला, बालबालीका तथा जेष्ठ नागरिक मन्त्री चौधरीले नेपालको समसामयिक परिस्थिति, नेपाल सरकारको भूमिका र आगामी कार्यदिशाका बारे बिस्तृत जानकारी गराएकी थिइन् ।

कार्य्रक्रमका बिशेष अतिथिको रुपमा रहेकी एमाले स्थायी कमिटी सदस्य सभासद् डा. बिन्दा पान्डेले सीएसडब्लु को ६८ औं महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ सस्थाबाट सहभागीहरूको भूमिका बारेमा स्पष्ट पार्दै नेपालबाट सहभागी हुन आउने सहभागीहरू बिषयबस्तुमा केन्द्रित हुनुपर्ने सुझाब दिएकी थिइन् । उनले सम्मेलनमा आफ्नो सहभागिता र अनुभव पनि सुनाइन् ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य सभासद् शान्ता चौधरीले नेपालमा आफु १८ वर्षसम्म कमलरी बसेको अनुभव बताउँदै आफ्नो संधर्षपूर्ण जीवनमा झेल्नु परेका पीडा, नेपालको संबिधानसभा सदस्य हुँदा र आफुले पाएको जिम्मेवारी निर्बाह गर्दा भोगेको अनुभव सुनाइन् । साथै उनले संयुक्त राष्ट्रसंघसम्मको यात्राका अनुभव र सुधार गर्नु पर्ने पक्षहरूको बारेमा बताइन् । उनले न्यूयोर्क आयोजित कार्यक्रमा सबै राजनितिक आस्थाका नेताहरू, सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू एउटै स्थानमा सहभागी भई बार्यक्रम गरेकोमा अत्यन्तै खुसी लागेको बताइन् ।

प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले समग्र संगठन बिस्तारको अभियान र प्रबासमा प्रबासी नेपाली मंचको राष्ट्रिय र अन्तराष्ट्रिय भूमिकाको बारेमा बताए भने मञ्च अमेरीकाका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम आयोजनाको उदेश्य बताउनुका साथै अतिथिहरु र सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा न्यूयोर्कस्थित अधिकार संस्थाकी कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले समग्र अमेरिकामा नेपालीले भोग्नु परेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानुनी सहयोगको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै जनजाति महासंघका अध्यक्ष तोरण गुरूड्ग, एनआरएनएका क्षेत्रीय संयोजक आड० छिरिड० शेर्पा, एनआरएनए न्यूयोर्क पूर्वका सचिब बासु लामिछाने, गोरखाली समाज अमेरीकाका अध्यक्ष खाम भट्ट, मञ्चको न्यूयोर्कराज्य कमिटिका सहसचिव शम्भु राई, अन्तराष्ट्रिय तामाङ परिषद्का उपमहासचिव लाक्यन लामा, मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, महादेस सदस्य अशोक कार्की, धादिड्ग समाजका सदस्य सागर अधिकारीलगायतका सहभागीहरूले पासपोर्ट नबीकरण, भिषा प्रकृयामा कठिनाई, दोहोर नागरिकता, गैरआबासीय नागरीकता, नेपालमा चलिरहेको सरकार परिबर्तनको अबस्था र प्रभाब, जनजातिप्रतिको हेराई र संघीयता कार्यान्वयनमा देखिएको अन्योलता एवं जनगुनासो, नेपालमा खोलिने डलर खाता, युवा एवं प्राबिधिक ज्ञान, सीप र क्षमता भएका नेपालीहरूलाई नेपालमा नै राख्ने र बिदेशमा रहेका यस्ता क्षमतावान नेपालीलाई नेपाल फर्काउने सन्दर्भमा अतिथिलाई प्रश्न गरेका थिए ।

सहभागीहरुको जिज्ञास तथा सुझाबहरूका सन्दर्भमा कार्यक्रममा प्रमुख अतिथि मन्त्री चौधरी, अतिथिहरू डा. बिन्दा पान्डे र शान्ता चौधरीले सम्बोधन गरेका थिए ।

अन्तरक्रियामा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि राजदूत लोक बहादुर थापा, अमेरिकाका पूर्ब राजदुत डा. अर्जुन कार्की, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य सरस्वती नेपाली, युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल लगायतको उपस्थिति थियो । न्यूयोर्कस्थित जनसम्पर्क समितिका महासचिब मुन्नेन्द्र नेवाड्ग, न्यूयोर्क डेमोक्र्याटिक क्लबका अध्यक्ष ज्ञानल थापा, न्यूयोर्कका मेयरका सल्लाहाकार नबराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुस्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेस भट्ट, एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा, जनजाति महासंघका महासचिब दिपक चौधरी, जनजाति महिला महिलाकी उपाध्यक्ष ममता राई, लियोन क्लब अफ क्वीनस् केटिएमकी अध्यक्ष रक्ष्मी शृेष्ठ, हामी गोलबर नेपाली अमेरिकाका अध्यक्ष सोभाकान्त पान्डे, न्युयोर्क अध्यक्ष बिरेन्द्र जंग केसी, शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी शेर्पा, कलाकार महासंघ अध्यक्ष बसन्ती राई, कास्की समाजका अध्यक्ष डम्बर जंग गुरूड्ग, मञ्चको अन्तर्राष्ट्रिय सल्लाहकार फुरी शेर्पा, पर्यटनदुत प्रदिप श्रेष्ठ र केशब राम राई लगायत ५३ सस्थाका प्रतिनिघि एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।

मञ्चको न्युयोर्क राज्य कमिटीका उपाध्यक्ष गोपी ढुड्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चको न्युयोर्क राज्य कमिटीका सचिव बलभद्र खडायतले संचालन गरेका थिए भने मञ्च अमेरिकाका उपसचिव तथा उत्तर-पूरवी ईन्चार्ज कृष्ण आचार्यले धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ०५ बजे