३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

इलाम-२ मा एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उठाउने



इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले तत्कालिन सांसद सुभाष नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भउको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव प्रदीप ज्ञवालीले बैठक पछि सुहाङलाई उम्मेदबार बनाउने निर्णय सुनाउँदै भने ।

एमाले संदीय दलको उपनेतासमेत रहेका संविधानसभाका पूर्व अध्यक्ष तथा पटक पटक सभामुख बनिसकेका सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । सुवासले ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट चुनाव जितेका थिए ।

यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : २० बजे