२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

होली खेलेर नुहाउने गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता



उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आइतबार दिउँसो बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा १४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा १४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । ५ जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि २ जना चाहिँ निक्लन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको जारी राखेको जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : २२ बजे