विवादस्पद व्यवसायी दुर्गा प्रसाइको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनसर्वोच्च अदालतले सोमबार आदेश दिएको छ । सरकारले सम्बन्धन नदिंदा उनले मेडिकल बलेज चलाउन पाएका थिएनन् ।
सोही मेडिकल कलेजको सम्बन्धन पाउनका लागि उनले सबै दलको शक्ति केन्द्र धाउँदा पनि सफल नभएपछि हाल राजा आउ देश बचाउ भन्दै व्यवस्था परिवर्तनको लागि भनेर अभियान चलाइ रहेका छन् ।
उनले बिसं २०६८ सालमा झापामा बी एण्ड सी मेडिकल कलेजका लागि शिक्षा मन्त्रालयबाट आशयपत्र प्राप्त गरेका थिए । उनले २०७४ सालसम्म हरेक वर्ष आशयपत्र नवीकरण गराइरहेका थिए । तर डा. गोविन्द केसीले लगातार अमरण अनसन बसेर विभिन्न माग राखेपछि उनले उक्त मेडिकल कलेजको सम्बन्धन पाउन सकेको थिएन ।