१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नैनीतालको जीप दुर्घट्नामा ७ नेपाली कामदारको मृत्यु



भारत उत्तराखण्ड, नैनीतालको बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुने मध्ये सात जना नेपालको बर्दियाको भएको खुलेको छ । बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु सोमबार साँझ घरतर्फ फर्कने क्रममा दुर्घट्नामा परेको हो ।

बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर घर फिर्ता आउन हिंडेका थिए । जीप ५ मिटर पनि नहिँड्दै भीरबाट खसेको बताइएको छ । गाडीमा सवार ९ जना चालकसहित आठ जनाको मृत्यु भएको हो । जसमध्ये ७ जना नेपाली रहेका छन् ।

युके ०४ सीसी ०४९५ नम्बरको बुलेरो जीप दुर्घट्नामा मृत्यु हुनेमा चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : १८ बजे