१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एनसेलको टावरमा बम विस्फोट



सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट गराइएको छ । विष्फोट भएको स्थलमा ‘जनमुक्ति सेना’ को नाममा तयार पारिएको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्ला प्रहरीका अनुसार गएराति साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो । बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा सामान्य क्षति पुगे पनि वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चलान गरिएको छ ।

घट्नास्थलमा भेटिएको ‘जनमुक्ति सेना’ को नाममा रहेको पर्चामा सुप्रिम कमान्डर परिवर्तन भनेर हस्ताक्षर गरिएको छ । त्यसमा एनसेलले ठगी गरेको आरोप लगाइएको छ । तर उक्त संगठन कुन पार्टी सम्बद्ध हो भन्ने थाहा हुन सकेको छैन ।

एनसेलको उक्त टावर नजिकै घर भएका मानिसले राति खबर गरेपछि प्रहरीले घटनास्थल पुगेको पनि विस्फोट गराउने व्यक्ति अहिलेसम्म पहिचान हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  २ : ४२ बजे