२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

गर्भपतनको मामिलामा ट्रम्पको अडान फेरिएकै हो त?



केही दिनयता पूर्वराष्ट्रपति तथा रिपब्वलिकन पार्टीका संभावित राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको भनाईले गर्भपतन सम्बन्धमा उनको पूर्व अडानमा परिवर्तन आएको संकेत गरेको छ ।

कतिपयले यसलाई उनको अस्थिर नीतिको उदाहरणको रुपमा पनि उल्लेख गरेका छन् । एनपीआर समाचारले भने उनको गर्भपतनको नीति सम्बन्धमा संघीय प्रतिबन्धमा हस्ताक्षर नगर्ने बताएपछि गर्भपतन अधिकारका विरोधीहरुलाई निराश पारेको उल्लेख गरेको छ ।

उनले आफु राष्ट्रपति भएको अबस्थामा गर्भपतन प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर नगर्ने उल्लेख गरेको छ । चुनावी चन्दा संकलनका लागि एटलान्टा पुगेका ट्रम्पले पत्रकारहरूलाई भने, “संघीय प्रतिबन्धमा हस्ताक्षर गर्ने छैन, यदि मेरो डेस्क मै आए पनि गर्दिन ।’

उनले संसदले पारित गरेर पठाएमा हस्ताक्षर गर्नु हुन्छ भन्ने प्रश्नमा पनि टाउको हल्लाएको र दुई पटक ‘गर्दिन’ भनेको समाचारहरु आउको छ ।

उनले आफु राष्ट्रपति रहेका बेलान २० हप्ताको संघीय गर्भपतन प्रतिबन्धलाई समर्थन गरेका थिए भने हालै उनले १५ हप्ताको प्रतिबन्धमा आफु साथ रहेको बताएका थिए ।

त्यसअघि पनि २०१६ मा राष्ट्रपतिको उम्मेदवारी दिँदा एक पटक उनले गर्भपतन गराउने महिलाले “कुनै न कुनै सजाय” पाउनुपर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : २७ बजे