११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

टर्यो सत्ताको संकट



एमाले–माओवादीसहितको बनेको गठबन्धनमा देखिएको संकट बल्लतल्ल तत्कालका लागि टरेको छ । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले पूर्वसहमतिअनुसार सुदूरपश्चिम सरकारको मुख्यमन्त्री नपाएको भन्दै कांग्रेससँग लहासिएपछि सरकार बनेको एक महिनाभन्दा केही दिनमै संकटमा परेको थियो ।

सत्ता साझेदारसँग असन्तुष्ट एकीकृत समाजवादी मंगलबार अपराह्नदेखि सहमतिमा आएसँगै गठबन्धनको समस्या समाधान भएको छ । यसका लागि समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएको छ ।

फागुन २१ गते बनेको एमालेसहितको गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउँदा ७ बुँदे सहमति भएको थियो । त्यसलाई पालना नगरेको भन्दै समाजवादीले वैशाख २ गतेदेखि कांग्रेसको कित्तामा उभिने प्रयास थालेको थियो । जस अनुसार सुदूरपश्चिममा केन्द्रीय गठबन्धनविरुद्ध एकीकृत समाजवादी उभियो ।

त्यही कारण गठबन्धन टुट्ने चर्चा चलेको थियो । हुन पनि यदि मंगलबार दिनभरमा एकीकृत सुदूरपश्चिममा समाजवादीले बिद्रोह सुरु गरेपछि त्यसको असर अन्य प्रदेशहरुमा पनि पर्ने निश्चित जस्तै भएको थियो भने त्यसले बर्तमान सत्ता गठबन्धन संकटमा परेको बताउन थालिएको थियो ।

तर मंगलबार दिउँसो समाजवादीका नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सुदूरपश्चिमको मुख्यमन्त्री पक्का पारेपछि समस्या सल्टिएको बताइएको छ । साथै दाहालले खनाललाई कांग्रेस र एमाले मिल्ने संभावना देखिएकोले प्रतिपक्षमा बस्दा पनि सँगै रहनु पर्ने भन्दै तर्साएको बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : २१ बजे