२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

काठमाडौं विश्वकै सबै भन्दा प्रदूषित शहर, पोखरा र भरतपुर पनि उस्तै



राजधानमी काठमाडौं सहरले विश्वकै प्रदूषित सहरको रुवमा नाम दर्ता गराएको छ । भमरतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । उनीहरु वायु प्रदूषणलाई हेल्चक्य्राइँका रुपमा लिए मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउँछन् ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी प्रदूषित सहर पोखरा बनेको छ । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको १९३ एक्युआई वायु गुणस्तर मापन भएको छ ।

आज प्रदूषित सहरमा पोखरा पछि काठमाडौं दोस्रो स्थानमा छ । वातावरण विभागका अनुसार शुक्रबार काठमाडौंको शंखपार्कमा भएको वायु गुणस्तर मापन केन्द्रले १८३ एक्युआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा पहिलो स्थानमा रहेको भरतपुतर चितवन आज भने १५९ एक्युआईसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५२ बजे