६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

इलाम-२ को मतदान सम्पन्न, ६६ हजारद्वारा मतदान



इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि मतदानाभने न्यून भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

मतगणना शनिबार नै सुरु गर्ने तयारी भइरहेको पनि उनले बताए । शनिबार अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

मतादान सिकएपछि मुचुल्क उठाएर सबै मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम इलाम बजारमा ल्यार गन्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, उनले भने ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुपमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबारबाट मात्र मतगणना गरिने छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ११ बजे