२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

नेपाल डे परेड – २०२४ न्यूयोर्कको आयोजक समिति गठन



न्युयोर्क । “नेपाल डे परेड-२०२४” को लागि सञ्चालनका लागि आयोजक समिति गठन गरिएको छ । नेपाल डे परेड नेपालको प्रबर्द्धन गर्ने उदेश्यले सन् २०१६ देखि अमेरिकाको न्यूयोर्कबाट हुँदै आएको छ ।

मे १९, २०२४ मा आयोजना हुने “नेपाल डे परेड” का सञ्चालनको लागि आयोजक समिति गठन गरेको हो । आयोजक समितिमा गैरआवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहेका छन् ।

त्यसैगरी आयोजक समितिको उप-कन्भेनरमा राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुङ रहेका छन् । आर्थिक बिभागको संयोजकको जिम्मेवारी दिनदयाल (दिनेश) भण्डारी तथा सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहकेा छन् ।

मिडिया संयोजकमा बिक्की पुलामी, प्रचारप्रसार संयोजकमा चमेली खाती परियार, सांस्कृतिक संयोजकमा बसन्ती राई, झाँकी प्रदर्शन संयोजकमा शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकमा दावा शेर्पा, सह-संयोजकमा दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकमा पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकमा बासु लामीछाने, अतिथि सत्कार संयोजकमा नवराज केसी, सह-संयोजकमा रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनमा लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकमा छिरिंग शेर्पा नियुक्त भएका छन् ।

त्यस्तैगरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशका लागि टिका ढकाल, मधेश प्रदेशका लागि दिनेश यादव, बाग्मती प्रदेशका लागि पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागि कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागि तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागि दान सिंह बिष्ट चयन भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ५१ बजे