११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति कति?



उदाउदो अर्थतन्त्रको रुपमा रहेको भारतको सबैभन्दा भाइब्रेन्ट राज्य गुजारातको मुख्यमन्त्रीपछि तेस्रो पटक मुलुककै प्रधानमन्त्रीका लागी चुनावी मैदानमा रहेका नरेन्द्र मोदीको सम्पत्ति कति होला ।

धेरैलाई लाग्न सक्ला यति लामो समयदेखि सत्तामा रहेका मोदीको सम्पत्ति धेरै नै होला । तर कुरा त्यसो होइन, भारतीय प्रधानमन्त्री मोदीसँग न घर छ न कार । उनीसँग नगद मात्र रहेको छ ।

उनले भारतको बाराणशीमा उम्मेदवारी दिने क्रममा मंगलबार बुझाइएको सम्पत्ति विवरण अनुसार मोदीसँग ३ करोड भन्दा बढी भारतीय रुपैयाँ रहेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कोदीसँग ३ करोड २ लाख ६ हजार ८८९ चल सम्पत्ति छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय रूपैयाँ भारतीय स्टेट बैंकको मुद्दती खातामा रहेको छ ।

त्यसका साथै मोदीसँग सुनका चार औँठी छन् । जसको मूल्य २ लाख ६७ हजार भारतीय रूपैयाँ बताइएको छ । मोदीले आफूसँग ५२ हजार ९२० रूपैयाँ नगद रहेको र ९ लाख १२ हजार रूपैयाँ बरारबरको नेशनल सेभिङ सर्टिफिकेट रहेको सम्पति विवरणमा उल्लेख गरेका छन ।

अचल सम्पत्तिबारे भने विवरणमा केही उल्लेख गरिएको छैन । सम्पत्ति विवरणमा मोदीको श्रीमतीको नाम जशोदाबेन उल्लेख गरिए पनि उनको सम्पतिका बारेमा उल्लेख छैन ।

सन् २०१९ को लोकसभा चुनावमा मोदीले आफूसँग साढे २ करोडको सम्पत्ति रहेको बताएका थिए । त्यसअघि २०१४ मा उनले बुझाएको सम्पत्ति विवरणमा १ करोड ६५ लाख रूपैयाँ सम्पत्ति रहेको उल्लेख गरेका थिए ।

बिबिसीका अनुसार मोदीले अघिल्लो आर्थिक वर्षमा ३ लाख ३३ हजार रूपैयाँ आयकर बुझाएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : १४ बजे