२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

जसपा नेपालको अध्यक्षमा फेरी उपेन्द्र यादव निर्विरोध निर्वाचित



जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा फेरी उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षबाहेकका अन्य पदहरुमा भने निर्वाचन हुने भएको छ । जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बधुबार बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

अशोक राई, राजेन्द्र श्रेष्ठको समुहले यसअघि नै बहुमत सांसद लिएर पार्टी छाडेपछि यादवले जनता समाजवादी पार्टी (जसपा) को महाधिवेशन गरेका हुन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ५१ बजे