८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

संसद भवनका सुरक्षाकर्मीद्वारा आफैले आफुलाई गोली हानी हत्या



नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली चलाएर हत्या गरेका छन् । संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली प्रहार गरेका हुन् ।

उनको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए ।

उनी बिहान ८:१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले जानकारी दिए । मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  १० : ५२ बजे