२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

अशोक राई नेतृत्वको जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन् ।

जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन् ।

यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ११ : १५ बजे