४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कैलाली र कञ्चनपुरमा मात्र दुई हजार विस्थापित, सात महिनाको शिशुको मृत्यु



लगातारको वर्षाले आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा मात्र ६०० परिवारका दुई हजार भन्दा बढी प्रभावित भएका छन् । बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुदूरपश्चिम प्रहरीका अनुसार दुई जिल्लाका गरी ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएका छन् ।

आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको प्रहरीको भनाई छ । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको छ ।

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  २ : ०४ बजे