पेन्सिलभेनियाको बट्लरमा भईरहेको अमेरिकी राष्ट्रपतीय चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प घाइते भएका छन् । नेपाली समय अनुसार शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो ।
घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको र दुई जना गम्भीर रुपमा घाईते भएको बीबीसीले उल्लेख गरेको छ । गोली हान्ने व्यक्तिलाई पनि अमेरिकी सिक्रेट सर्भिसले गोली हानी मारिदिएका छन् ।
गोली चलेपछि भूईमा झुकेका पूर्वराष्ट्रपति ट्रम्प उठ्दा कानबाट रगत बगिरहेको देखिएको थियो । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।
ट्रम्पले तत्काल उद्दारका लागि सेक्रेट सर्भिस र सुरक्षकर्मीलाई धन्यवाद दिएका छन् । उनकी छोरी ईभान्का ट्रम्पले पनि तत्कालको प्रतिक्रया जनाएर आफ्ना बाबुको ज्यान बचाएकामा सुरक्षा फौजलाई धन्यवाद दिएकी छन् । त्यस्तै पूर्वराषिट्रपति बारक ओबामा, उपराष्ट्रपति कमला ह्यारिसलगायतले पनि घट्नाको भर्तसना गरेरा छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताउदै यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
Advertisement
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।’