अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी आकांक्षी उपराष्ट्रपति कमला ह्यारिसलाई पूर्व राष्ट्रपति बाराक ओबामा र सभामुख न्यान्सी पावेलले समर्थन गरेका छन् ।
हालै राष्ट्रपति जो बाइडेनले डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पछिल्ले पटक ओबामा र पावेलले ह्यारिसको समर्थन गरेका हुन् ।
यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेताले समर्थन गरेका थिए। तर ओबामावर पावेलले समर्भथन नगरिदा अन्नेक आशंका गरिएको थियो । ओबामाले पार्टी भित्रको प्रतिस्पर्धामा कसैको पनि पक्ष लिने नगरेको भने पनि उनले अनुमोदन नगर्दा कतै उनी ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने त ठान्दैनन् भनेर प्रश्न उठेका थिए ।
ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्।
सुरूमा हालका राष्ट्रपति जो बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार थिए। तर गत जुन २७ मा ट्रम्पसँगको राष्ट्रपतीय बहसमा उनको प्रस्तुति निकै खराब भयो। ८१ वर्षीय बाइडेनमा उमेरजन्य समस्या देखिएको भन्दै फेरि उम्मेदवार नबन्न दबाब पर्यो। त्यसपछि बाइडेनले आइतबार उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए।
बाइडेनले मैदान छाडेपछि ह्यारिस स्वाभाविक रूपमा प्रमुख दाबेदार भए पनि अरूले उनलाई चुनौती दिन सक्छन् । तर ह्यारिसलाई पार्टीका वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका छन् । राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए।
धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेकी मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी थिइन्।