१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

रुस-युक्रेन युद्धमा मारिएका ५ जनाको अस्तु परिवारलाई हस्तान्तरण



रुस–युक्रेन युद्धमा मारिएका ५ नेपालीको अस्तु पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारले बुझेका हुन् । नेपाली परम्परामा सके शव र अन्यथा अस्तु भनेपनि महत्वपूर्ण मानिन्छ ।

हालसम्म उक्त युद्धमा रुसका तर्फबाट युद्ध लड्न गएका ३६ नेपाली मारिएको पुष्टी भएको छ । त्यसमध्ये पाँच जनाको अस्तु ल्याइएको हो । तर रुसबाट शव ल्याउने कार्य भने हुन सकेको छैन ।

त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, महोत्तरीका अनितकुमार शाह र स्याङ्जाका गणेश श्रेष्ठको अस्तु नेपाल आइपुगेको हो ।

गत कात्तिक १८ मा मारिएका २६ वर्षीय देवनको पाँच महिनापछि परिवारको सहमतिमा मस्कोस्थित बालाशिखामा अन्त्येष्टि गरिएको थियो ।

त्यस्तै स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधनको खबर परिवारले पुसको दोस्रो साता मात्रै पाएका थिए । परराष्ट्र मन्त्रालयले गत मंसिर १८ मा स्याङ्जाका प्रीतम कार्कीको रुस–युक्रेन युद्धमा मारिएको पुष्टि गरेको थियो ।

नेपाल सरकारको फर्काउने प्रयास बाबजुद अझै रुसी सेना नेपालीहरु रहेका छन् । त्यस मध्ये कति मारिए र कति घाइते भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ०३ बजे