३०औं बिश्व आदिवासी दिवस भब्यताका साथ मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदको अगुवाईमा मूल समारोहको आयोजना गरिएके हो ।
कार्यक्रममाका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट आदिवासी जनजातिका झाँकीसहितको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको थियो । प्रज्ञा भवनमा आयोजित समारोहमा उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
आदिवासी अभियन्ताहरुले आदिवासी जनजातिकी अधिकारहरु प्राप्त नभएको गुनासो गरेका थिए । प्रमुख अतिथि सिंहले अधिकारसंगै कर्तब्यको पनि कुरा आउने उल्लेख गर्दै प्राप्त अधिकार पनि गुम्न सक्ला भनेर सजग हुनु पर्ने बताए ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।





















