१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

फोनिजको स्थापना दिवसको अवसरमा ८ पत्रकार पुरस्कृत



नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा ८ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट सम्मानित हुनेमा विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) रहेका छन् । त्यसैगरी फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (अनलाईन) ईलाम, विष्णु तामाङ (छापा) र खिमा गुरुङ (रेडियो) कास्की रहेका छन् ।

त्यस्तै फोनिजको मलेसिया शाखाबाट पुरस्कृत हुनेमा रेखीराम रानामगर र पुनम महतो चौधरी रहेका छान् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनजाति आन्दोलन छिन्न भिन्न भएको बताए । उनले नेपाल आदिवासी जनजातिहरुले प्राप्त गरेको अधिकार चानचुने नभएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै थप अधिकारहरु प्राप्तीको लागि अघि बढ्नु पर्ने बताए ।

साथै उनले सञ्चार क्षेत्र पञ्चायतकालिन नीति, ऐन तथा कानुनहरुको आधारमा सञ्चालन भइरहेको उल्लेख गर्दै एक वर्षभित्र ती नीति, ऐन तथा कानुनहरु परिमार्जन गरिने तथा नयाँ बनाइने बताए । “लोकतान्त्रिक गणतन्त्रको पक्ष पोषण हुने खालका नीति तथा कानुनी व्यबस्थाहरु गरिने छ” उनले भने ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०० बजे