२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

डेमोक्र्याटबाट औपचारिक रुपमा कमला ह्यारिस राष्ट्रपतीय उम्मेदवार घोषणा




नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट औपचारिक रुपमा उम्मेदवार बनेकी छन् । शिकागोमा भइरहेको डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा उपराष्ट्रपति कमला ह्यारिसलाई क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेबार घोषणा गरेकी हुन् ।

उनी अमेरिकी राष्ट्रपतिको उम्मेदबार बन्ने पहिलो अस्वेत–एसियन अमेरिकन महिला हुन् । यसअघि उनी उपराष्ट्रपति हुने पहिलो अस्वेत–एसियन महिला बनेकी थिइन् । उनलाई मंगलबार राती मुलुकका विभिन्न राज्यबाट आएका प्रतिनिधिहरुले ह्यारिसको पक्षमा आफ्नो समर्थन जनाएका छन् । तीन साता अघि नै इलेक्ट्रोनिक मत मार्फत देशभरका डेमोक्र्याटिक पार्टीका प्रतिनिधिहरुको अत्याधिक बहुमतबाट ह्यारिस राष्ट्रपतिको उम्मेदबार चयन गरिएको भए पनि पार्टीको परम्परा अनुसार राष्ट्रिय सम्मेलनमा औपाचरिक घोषणा गरिएको हो ।

यसअघि राष्ट्रपतिको उम्मेदबारको रुपमा अभियान चलाइरहेका राष्ट्रपति जो बाइडेनले आफु पछि हट्दै राष्ट्रपतिका लागि ह्यारिसलाई समर्थन गरेका थिए । त्यसपछि धेरै डेमोक्र्याटिक दिग्गजहरुले उनको समर्थन गरिसकेका छन् । त्यसमा सभामुख न्यान्सी पोलिसी, पूर्वराष्ट्रपति विल क्लिन्टन तथा पूर्व फष्टलेडी हिलारी क्लिन्टन, पूर्व राष्ट्रपति बाराक ओवामा र पूर्व फष्टलेडी मिसेल ओवामा लगायत छन् ।

डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा बाराक र मिसेल ओवामाले मंगलबार राती ह्यारिसको समर्थनमा सम्बोधन गरेका छन् । पार्टीको हजारौं प्रतिनिधिको तालीको गडगडाहट बीच सुरुमा मिसेल र त्यसपछि ओवामाले आफ्नो मन्तव्य राखेका हुन् । दुवै जनाले अमेरिकी आशा र उन्नत समाजका लागि ह्यारिस भविश्य भएको बताएका थिए ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रमले मुलुकलाई दुई चिरामा विभाजन गरेको, धनीहरुको लागि मात्र स्वर्ग बनाएको र थप त्यही गर्न चाहेको उल्लेख गर्दै अमेरिकी जनता अझ उन्नत समाज र देशका लागि हकदार रहेको उनीहरुको भनाई थियो । साथै कमला ह्यारिसको समाजप्रतिको समर्थन र जनता प्रतिको उत्तरदायित्वको चेतले अमेरिकालाई थप उन्नत र महान बनाउने उनीहरुको भनाई रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : २० बजे