अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा गोली हानेर एक नेपाली छात्राको हत्या गरिएको छ । भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर हत्या गरिएकोस्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुनाको छातीमा गोली लागेको अवस्थामा मृत भेटिएको बताइएको छ । उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमा उल्लेख गरको छ ।
उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङका विद्यार्थी हुन् भने सन् २०२१ मा अमेरिका पुगेकी हन् ।