१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

बेपत्ता ममताको शव अझै भेटिएन, नरेशले बेचे गाडी, घर पनि बेच्न चाहन्थे



अमेरिकाको भर्जिनियाबाट झण्डै एक महिनाअघिदेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव अझै भेटिएको छैन । उनका श्रीमान् नरेश भट्टलाई भने स्थानीय अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

मनासस प्रहरीले नरेशलाई ममताको हत्या गरेर शव लुकाएको आशंकामा पक्राउ गरेको हो । स्थानीय सञ्चार माध्यमहरुले प्रहरीलाई उदृत गर्दै जनाए अनुसार नरेशको बिरुद्धमा यथेष्ट प्रमाणहरु भेटिएका कारण उनलाई थप प्रमाणहरु नष्ट नगरुन् भनेर पक्राउ गरिएको हो ।

“हामीले थप प्रमाणहरू भेट्टायौं, तर दुर्भाग्यवश म तिनीहरू अहिले के छन् भनेर खुलासा गर्न सक्दिन । हामी प्रगति गर्दैछौं,” मनासस प्रहरी प्रमुख मारियो लुगोले फक्स ५ लाई भनेका छन् ।

प्रहरीले नरेशलाईज्ञ पक्राउ गर्नु अघि पनि ममता र नरेशको घरमा खोजतलास गरेको थियो भने मंगलबार फेरी खोजतलास गरेको बताइएको छ । प्रहरी प्रमुख लुगोले ममता जीवित रहेको विश्वा गर्न नसकिने पनि उल्लेख गरेका छन् ।

अदालतमा भएको थुनछेक मुद्दाको बहसका क्रममा सरकारी वकिलले २८ वर्षीय ममताकी श्रीमान् ३७ वर्षीय नरेशले गिरफ्तार हुनुअघि नै नरेशले आफ्नो टेस्ला गाडी बेचिसकेको र घर पनि बिक्रीका लागि तयारी गरिरहेको उल्लेख गरेको थियो । उनीहरुले यि तथ्यहरु उल्लेख गर्दै नरेश भाग्ने तयारी रहेको बताएको छ । प्रहरीले बेचिएको टेस्ला गाडी पनि नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।

त्यसैगरी सरकारी वकिलहरुले उल्लेख गरेको अर्को एउटा तथ्य पनि शंकास्पद रहेको छ । ममता बेपत्ता हुनुअघि नै नरेशले गुगलमा श्रीमाती मरेको मति दिनपछि अर्को विहे गर्न पाइन्छ भनेर खोजी गरेको उल्लेख गरेका छन् ।

वकिलहरुले अदालतमा दिएको विवरण अनुसार प्रहरीले खोजतलासमा क्रममा सुत्ने कोठा, बैठक कोठा र बाथरुममा रगतका टाटाहरु पुगेको प्रमाण भेट्टाएको उल्लेख गरेका थिए । त्यसैगरी केही दिनअघि नरेशले चक्कुहरु किनेको पिन उल्लेख गरेका छन् ।

प्रहरीले घरको कार्पेट उठाएर फरेन्सिक टेस्टका लागि लगेका छन् भने एक वर्षीय छोरीलाई संरक्षण गृहमा राखिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ५५ बजे