२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

यस्तो छ सहकारी छानविनका क्रममा रवि लामिछानेले दिएको वयान, उनी दोषी की निर्दोष



सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएसँगै पूर्व गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने दोषी की निर्दोष भनेर टिकाटिप्पणी सुरु भएको छ ।

स्वयं लामिछाने र रास्वपाका नेता कार्यक्रताहरु लामिछानेले क्लिनचिट पाएको ठोकुवा गरिरहेका छन् भने समितिका सभापति साँसद सूर्य थापालगायतका कांग्रेस, एमालेका नेता कार्यकर्ता उनलाई कारवाहीको सिफारिस गरिएको बताइरहेका छन् ।

यही बेला शुक्रबार समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा रवि लामिछानेसँग पनि बयान जस्ताको तस्तै छ । समितिमा लामिछानेले आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने भन्दै बयान दिएका थिए । तर उनले गोर्खा सहकारीको ६५ करोड रुपैयाँ अपचलन गर्ने गोर्खा मिडियाको प्रबन्ध निर्देशन आफु रहेको र प्रबन्ध निर्देशकको रुपमा कतिपय प्रशासनिक कामको जिम्मेवारी रहेको स्वीकार गरेका छन् । समितिले पनि उनलाई सहकारीको सञ्चालकको रुपमा नभई सहकारीको रकम अपचलन गर्ने कम्पनीको जिम्मेवार व्यक्तिको रुपमा कारवाहीको सिफारिस गरेको छ ।

रविले संसदीय छानबिन विशेष समितिमा दिएको बयानको पूर्णअंश यस्तो छ :

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ०२ बजे