१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पक्राउ परे दुर्गा प्रसाईं



भाइरल बन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ परेको छ । आइतबार दिउँसो आफ्नै भक्तपुरस्थित आफ्नै निवसाबाट पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ ।

भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो । त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो । प्रसाईले भने आफुलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पक्राउ गरिएको भन्दै आफ्नो शरिरमा एक थोपा रगत बाँकी हुँदासम्म ओलीसँग लडिरहने बताएका छन् ।

उनले आफु तस्करहरूविरुद्ध लड्दा पक्राउ पर्नपरेको पनि दावी गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : २४ बजे