१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

अलाबामाको बर्मिङ्घममा गोली प्रहार गरी चारको हत्या



अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोली चल्दा कम्तीमा चार जनाको ज्यान गएको छ । स्थानीइ समाचार स्स्थाहरुले अलाबा प्रहरीलाई उदृत गरेर दिएको समाचार अनुसार घटनामा दर्जनौं घाइते भएका छन् ।

बर्मिङ्घममा प्रहरी अधिकारी ट्रुमन फिट्जेराल्डका अनुसार शनिबार राति सहरको ‘फाइभ पोइन्ट साउथ’ क्षेत्रमा ‘बन्दुकधारीहरूले मानिसहरूको समूहमा अन्धाधुन्ध गोली प्रहार गरेका’ हुन् । उनले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको र गोली लागेर घाइते भएका अर्का एक जनाको अस्पतालमा ज्यान गएको बताए ।

फिट्जेराल्डले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । फाइभ पोइन्ट साउथ रात्रिकालिन जीवनका लागि प्रख्यात छ । फिजेराल्डका अनुसार गोलीकाण्ड म्याग्नोलिया एभेन्युमा भएको हो । त्यस क्षेत्रमा दर्जनौं बन्दुक प्रहारबाट घाइते भएका छन् ।

म्याग्नोलिया एभेन्युको एक लाउन्जमा हुक्का र सिगार लिनका लागि लाइनमा बसेका प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीले स्वचालित हतियारको प्रयोग गरेका थिए । गन भ्वालेन्स आर्काइभका अनुसार अमेरिका यसवर्ष मात्रै ४ सय भन्दाबढी सामूहिक गोलीबारी भएका छन् । तीमध्ये हरेक घटनामा औषतमा चार जनाले ज्यान गुमाएका वा घाइते भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ३४ बजे